• 2021-07-23

    टाेखा लाइभ डट कम / श्रावण८,२०७८

    नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । रावलले आज सिहंदरबारमा सभामुखलाई भेटेर राजीनामा फिर्ता लिएका हुन्।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका थिए। आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन्।

    राजीनामा फिर्ता लिन एमालेका दुबै पक्षले रावललाई आग्रह गरेका थिए।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै