काँठे चक्रपथ सडकखण्डको डिपिआर तयार भएको छ । बागमती प्रदेस सरकार भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको आयोजनामा मंगलबार तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको जनप्रतिनिधि र काठमाडौं क्षेत्र नं. ५ का प्रदेस सांसद्सहितको संयुक्त छलफल कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेस सांसद् दिपक निरौलाकानअनुसार अब छिट्टै नै बुढानिलकण्ठको चुनीखेलदेखी टोखा चण्डेश्वरी हुँदै तारकेश्वरको काभ्रेस्थलीबाट तिनपिप्लेसम्म काँठे चक्रपथ सडकखण्ड निर्माण गर्नका लागि डिपिआर तयार भएको हुँदा अब छिट्टै बागमती प्रदेस सरकाको योजनामा काम सुरु हुने बताउनुभएको छ ।