JanaKura

टोखामा सहरी विकास मन्त्रालय भवन विभागको सहयोगमा सुविधा सम्पन्न सडक निर्माण हुँँदै

शोभा तामाङ
टाेखा लाइभ/ पुस २९, काठमाडौं
 टोखा वडा नं. ३ मा सहरी विकास मन्त्रालयको भवन बिभागको सहयोगमा सुविधा सम्पन्न सडक निर्माण हुन लागेको छ । भुतखेलको सडकदेखि कुहिरेको पर्खालसम्मको सडक पिच हुने भएको छ ।

उक्त सडकमा १२० मिटर लम्बाई र ८ मिटर चौडाई रहेको छ । निर्माण हुन लागेको सडक अनुगमनको लागि आज प्रदेश सभा सदस्य दिपक निरौला सहित टोखा नगरपालिका उप–प्रमुख ज्ञानमाया डंगोल सहित सहरी विकास मन्त्रालयका प्रतिनिधिहरूको उपस्तिथि रहेको थियो ।

प्रदेश सभा सदस्य दिपक निरौलासहित टोखा नगर उपप्रमुख ज्ञानमाया डंगोल समेतको उपस्थितिमा अनुगमन गरि निर्माण सुरु प्रक्रिया अघि बढाउन लागिएको उक्त आयोजनाको लागत रकम ४ करोड ५५ लाखमा निर्माण हुने भएको छ । यस आयोजनामा खानेपानी, ढल निकास तथा विविध पुर्वाधारहरुलाई मध्यनजर राखी निर्माण हुने भएको छ।

भुतखेलदेखि कुहिरेको पर्खालसम्म पिच हुने भएको यस बाटोलाई यहि फागुनसम्म निर्माण गरिसक्ने प्रदेश सभा सदस्य दिपक निरौलाले बताउनुभयो भने आफुहरु यसैगरी आफ्नो निर्वाचन क्षेत्रको बिकासका आयोजनाहरुलाई समयमै सम्पन्न गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो।

Exit mobile version