टाेखा लाइभ, पुस २५काठमांडौं।
टोखा नगरपालिका वडा नं- २ भित्र पर्ने शिवपुरी जंगलमा शनिवार भिषण आगलागी भएको छ । टोखा चन्डेश्वरी मन्दिर पछाड़ी वनमा एक्कासी भीषण आगलागी हुँदा निभाउने प्रयासमा नेपाली सेना,नेपाल प्रहरी, स्थानीय युवाहरु जुटेको थियो। जंगल छेउ बारीमा आगो वल्ने क्रममा सो आगो फैलदै जंगल प्रवेश गर्दा भिषण आगलागी भएको थियो।
चण्डेश्वरी मन्दिर पछाडी ठुलो जंगल छ। घना जंगल रहेको उक्त ठाउँमा पुरै जंगल डढेलोले सखाप पार्ने खतरा भएपछि स्थानीय पनि चिन्तित छन्। डढेलो लागिरहेकाले कति क्षेत्रफलको जंगलमा आगलागी भयो भन्ने अझै यकिन भइसकेको छैन्। के कारण डढेलो लाग्यो भन्नेबारे थाहा पनि भएको छैन्।