JanaKura

बुढानिलकण्ठका पत्रकारलाई धम्की प्रकरण : ध्यानाकर्षणका लागि नेपाली कांग्रेस प्रहरी कार्यालयमा:-

टाेखा लाइभ /  पुस ७

बुढानिलकण्ठका स्थानीय पत्रकार  केशव पाठकलाइ केहि दिन अघि नकावधारी व्यक्तिबाट भएकाे ज्यान मार्ने धम्कीको छानविनमा ढिलाई भएकोभन्दै नेपाली काँग्रेसले प्रभावकारी छानविन तथा दाेषीलाइ कारबाही गर्ने प्रहरी प्रशासनलाइ अनुराेध गरेकाे छ ।

बुढानिलकण्ठ प्रहरी प्रभागमा नेपाली काँग्रेस क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठसहितकाे टाेलीले प्रहरी निरीक्षक राजकुमार तामाङलाइ भेटी प्रभावकारी छानविन तथा कारबाहीका लागि अनुराेध गरेकाे हाे ।

समाजमा सकारात्मक कामका लागि प्रयास गर्ने तथा विसंगति बिरूद्धमा लेख्ने पत्रकारमाथि भएकाे ज्यान मार्ने धम्की निन्दायाेग्य भन्दै नेपाली काँग्रेस क्षेत्रीय सभापति राजु श्रेष्ठले तत्काल दाेषी माथि कारबाही गर्न ढिलासुस्ती गरेकाे प्रति आपत्ति जनाएका थिए  ।

नेपाली काँग्रेसकाे डेलिगेसनमा उठेकाे प्रश्नहरुकाे जवाफ दिँदै बुढानिलकण्ठ प्रहरी प्रभागका निरीक्षक राजकुमार तामाङले पत्रकार बुढानिलकण्ठ प्रहरी प्रभाग  पुगेका क्षेत्रीय सभापति श्रेष्ठका साथमा तरूण दल बुढानिलकण्ठका अध्यक्ष राजुविक्रम थापा, बुढानिलकण्ठ नगरपालिकामा नेकाका तर्फबाट प्रतिनिधि राजाराम बुढाथाेकी, नेताहरू सानु श्रेष्ठ,  भाेलानाथ लामिछाने, श्याम श्रेष्ठ, रामविनाेद लामिछाने, मन श्रेष्ठ, रामप्रसाद लुइँटेल, शंकर आचार्य, सुनित चालिसे, राम जाेशी, राजु भण्डारी,  बिज़ेन्द्र पुडासैनी लगायतको  सहभागिता  रहेकाे थियाे ।- कपन अनलाइनबाट

Exit mobile version