• Jana Kura

    • 2020-12-18

    शुक्रबार, पुस ३, २०७७,
    काठमाडौं– विश्वका १०० प्रभावशाली नर्स तथा मिडवाइफ महिलाको सूचीमा नेपालका ४ जना नर्स तथा मिडवाइफ पनि परेका छन्।
    प्रभावशाली नर्स तथा मिडवाइफमा नेपालका २ जना नर्स र २ जना मिडवाइफ १०० प्रभावशाली नर्स तथा मिडवाइफको सूचीमा सूचिकृत भएका हुन्।

    १०० प्रभावशाली नर्स तथा मिडवाइफको सूचिमा पर्नेहरुमा मिडवाइफ प्रशंशा बुढा लामा,मिडवाइफ रुक्मणी त्रिपाठी, नर्स सुष्मा योञ्जन र नर्स दुर्गा सापकोटा रहेका छन्।
    लामा र त्रिपाठी नेपालको पहिलो ब्याचका मिडवाइफ हुन्। मिडवाइफ लामा र त्रिपाठीले कोभिड-१९ को समयमा गर्भवती महिलाहरुलाई नि:शुल्क अनलाइन तथा टेलिफोन मार्फत निशुल्क परामर्श दिँदै आएका छन्।

    यस्तै योञ्जनले समुदायमा पुगेर महिलाहरुलाई पोषण तथा महिलाहरुको स्वास्थ्य समस्याको विषयमा पराशर्म दिने गरेकी छन्।

    नर्स सापकोटाले यौन, प्रजनन, मातृ तथा नवजात शिशु र किशोर किशोरीको स्वास्थ्यको क्षेत्रमा लागेको वर्ष भन्दा बढी समय भइसकेको छ। उनी अधिवक्ता समेत हुन्।

    नर्स तथा मिडवाइफको अन्तर्राष्ट्रिय वर्ष २०२० को अवसरमा विश्व स्वास्थ्य संगठन, यूएनएफपिए, अन्तर्राष्ट्रिय नर्सिङ परिषद् तथा अन्तर्राष्ट्रिय मिडवाइफ संले संयुक्त रुपमा नेपालका ४ जनासहित सय जनालाई सूचीकृत गरेको हो।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै