JanaKura

“एक कप चिया अभियान”मा बढ्दाे सहभागिता

काठमाडाैँ। दिनकाे एक कप चिया बराबरकाे रकम दृष्टिविहीनहरूलाई दृष्टि प्रदान गर्न जम्मा गरेर काठमाडाैँ उपत्यका साथै देशका दूर्गम क्षेत्रमा सेवा दिँदै आएकाे युवा नेत्र सेवाद्वारा सञ्चालित “एक कप चिया अभियान” मा सहभागी हुनेहरू दिनप्रतिदिन बढ्दाे छ।

विगत २५ वर्षदेखि नेत्र सेवा प्रदान गर्दै आएकाे सेवाकाे अभियानमा अहिलेसम्म ३ सय ५० बढी सदस्य र १ सय बढी आजीवन सदस्य बनिसकेकाे अध्यक्ष सिद्धार्थ रञ्जितले बताउनुभयाे।

सेवामा सहभागी हुने सदस्यहरूले निःस्वार्थ रुपमा स्वयंसेवा गर्दै आएकाले आफू पनि आकर्षित भएर सदस्य बनेकाे काठमाडाैँ, कालिमाटीकी रमिता बज्राचार्यकाे विचार थियाे।

काेभिद १९ काे प्रकाेप बीच पनि आफूहरूले नेत्र सेवामा आवश्यक जनशक्ति उत्पादन गर्न तालिम सञ्चालन र चिकित्सकीय सेवा प्रदान गरिरहेकाे अध्यक्ष रञ्जितले जानकारी गराउनु भयाे।

Exit mobile version