JanaKura

विश्वकप फुटबल छनौटः नेपालले घरेलु मैदानमा अस्ट्रेलिया, जोर्डन र ताइपेसँग खेल्ने

२०७७ मंसिर २७ गते

काठमाडौं। एशियाली फुटबल महासंघ (एफसी)ले विश्वकप फुटबल छनौटको दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ। नयाँ तालिका अनुसार नेपालले चैत १२ गते चाईनिज ताईपेसंग खेल्नेछ।

यस्तै, अस्ट्रेलियासँग चैत १७ गते र जोर्डनसँग जेठ २४ गते खेल्ने छ। तीनै खेल नेपालले घरेलु मैदानमा खेल्ने छ। नेपाल छनोटको समूह बीमा रहेको छ। र पहिलो लेगमा चाईनिज ताईपेलाई हराउँदै ४ अंक जोडेको छ। नेपालले सन् २०२० मा समूह चरणका चार खेले खेलेको थियो। नेपालले अन्तिम पटक छनोटको खेल कुवेतसंग १–० ले गुमाएको थियो।

नेपालले प्रतियोगिताको संयोजकको रुपमा उपाध्यक्ष उपेन्द्रमान सिंह र स्थानीय संयोजकको रुपमा एन्फा केन्द्रीय सदस्य विजय घलेलाई जिम्मेवारी दिइसकेको छ। नेपालले विश्वकप छनौट खेल्ने खेल तालिका सार्वजनिक हुँदा टिम भने मुख्य प्रशिक्षकविहीन छ। मुख्य प्रशिक्षक योहान कालिनले राजीनामा दिएका छन्। उनले बिहीबारमात्र राजीनामा दिएका थिए।

Exit mobile version