टाेखा लाइभ / मंसिर २१ काठमाडौं
यो जाडाेको सिजनमा डुंङ्गाको सयर गरि आनन्दको अनुभूतिको आभास गर्न अब पोखराको फेवाताल वा चिडियाखाना नै जानु पर्दैन । अब काठमाडौंको मुटु मानिने टाेखा नगरपालिका वडा नं. ३ स्थित टाेखा केबको स्विमिङ पुलमा डुंङ्गाको सयर गरि मज्जा लिन सकिन्छ। यो अवसर टाेखा केब ट्रेड एण्ड इन्भेष्टमेन्ट प्रालिले जुराइदिएको हो ।
लामो समय विश्वमा फैलिरहेको महामारी काेभिड-१९ का कारण बन्द रहेको टाेखा केब अब विभिन्न सुरक्षा मापदण्ड अनुरुप हाल पुनः संचालनमा आएको छ ।
काठमाडौं उपत्यकाको उत्तरी प्रवेशद्वार एवं शिवपुरी डाँडाको काखमा रहेको ऐतिहासिक प्राकृतिक रुपमा सुन्दर र आकर्षक महत्वपूर्ण नगरी टोखा सांस्कृतिक परम्परागत,बाजागाजा र नाचगानमा आफ्नै मौलिकता बोकेको महत्वपूर्ण ठाउँ हो । यहि कुरालाई मध्यनजर गरि टोखा नगरमै रहेको आकर्षक रमणीय भख्य: (भुटखेल) चौरको सल्लाघारी र त्यही रहेको प्राचिन देवी इन्द्रायणी अर्थात मसानकाली मन्दिर नजिकै टोखा केब ट्रेड एण्ड इन्भेष्टमेन्ट प्रालिले विसं २०७३ सालदेखि सेवा दिइरहेको बताएको छ। पर्यटन वर्ष २०२०को सुरुवातीको सन्दर्भमा हामीले हाल नयाँ व्यवस्थापनका साथै गुणस्तरीय सेवाका लागी प्रतिवद्ध भएर टाेखा केब सञ्चालन गरेको सञ्चालक मनिराज डङ्गोलले बताए। हामीले स्विमिङ्ग पुल , स्लाइडिङ्ग पुल सहितको चिल्ड्रेनपार्क,डुंङ्गा , गुणस्तरीय नेवारी र नेपाली स्वास्थ्यकर परिकारहरुमा मेथीको सुप ( मिक्वा:) मुस्ताङको आलु ,मौलिक ओखलमा कुटेको चिउरा संगै छाेइला बजि, टाेखाको प्रमुख परिकार चाकुलाई समेतेर ग्राहकहरुलाई
गुणस्तरीय सेवा प्रदानको लागि हामी यहाँहरु लाई हार्दिक
स्वागत एवम् अनुरोध गर्दछौं संचालक डंगोलले भन्नुभयो।
नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन सोच हासिल गर्ने आधारको रूपमा राष्ट्रिय योजना आयोगको १५ औं आधारपत्रले महत्वपूर्ण भूमिका रहेको यही आधारपत्र मा प्राकृतिक मौलिक सांस्कृतिक र पुरातात्त्विक सम्पदा संरक्षण ,प्रवर्द्धन गर्दै नेपाललाई पर्यटकीय स्थलको रुपमा विकास गरी अर्थतन्त्रको प्रमुख आधार मानिएको छ ।साथै नेपाल सुरक्षित, गुणस्तरीय र पर्यटन मैत्री बनाउने, पर्यटन विकासमा निजी क्षेत्रलाई पनि ल्याउने नीतिलाई योगदान गर्नका लागि हामीले ग्राहकहरुलाई ५० प्रतिशत सेवामूलक र ५० प्रतिशत नाफामुलक सेवा प्रदान गरि सुविधा बिस्तार गर्दै आइरहेको सञ्चालक मनिराज डंगोलले बताए ।
हाल टाेखा केब ट्रेड एण्ड इन्भेष्टमेन्ट प्रालिले आफ्ना ग्राहकहरुलाई मनोरन्जनका साथै विभिन्न
सुविधाहरुमा स्विमिङ्ग पुल , स्लाइडिङ्गपुल सहितको चिल्ड्रेनपार्क,