JanaKura

जापानमा नियम उल्लंघन गरेपछि एउटै विद्यालयमा पढ्ने ७८ नेपाली विद्यार्थीको भिसा रद्द

२०७७ मंसिर १६ गते

ओकिनावा टाइम्स। जापानमा अध्ययनका लागि गएका ७८ जना नेपाली विद्यार्थीले जापानको आवासीय अनुमति गुमाएका छन् । उनहिरुले अध्ययनको बीचमा काम गर्नका लागि निर्धारित नियमको उल्लंघन गरेपछि उनीहरुको बसोवास अनुमति रद्द गरिएको हो । ओकिनावाको उरासोमा जापान ल्याङग्वेज स्कुलमा अध्ययनरत ती विद्यार्थीले अब बसोवास अनुमति नवीकरण गर्न नपाउने ओकिनावा टाइम्सले जनाएको छ ।

स्कुलका अनुसार फुकुओका क्षेत्रीय अध्यागमन ब्यूरोको नाहा शाखाले ती विद्यार्थीहरुले ३ महिनाभित्र जापान छाड्नुपर्ने बताएको छ । यो स्कुलको १९८६ मा स्थापना भएपछि यसरी विद्यार्थीले बसोवास अनुमति गुमाएको पहिलो पटक भएको बताइएको छ । गत वर्षको जुलाइमा विद्यालयमा भर्ना भएका १४२ विद्यार्थीमध्ये ७८ जनाले अब बसोवास अनुमति नवीकरण गर्न पाउने छैनन् । ६ महिनाको लागि बसोवास बनुमति बढाउने सुविधा पनि उनीहरुले पाउने छैनन् किनकि उनीहरुले वैधानिक रुपमा काम गर्न पाउने समयभन्दा बढी काम गरेको पाइएको छ । जापानमा अध्ययनका लागि गएका विदेशी विद्यार्थीले पार्ट टाइममा हप्तामा २८ घण्टासम्म मात्र काम गर्न पाउँछन् ।

Exit mobile version