टाेखा लाइभ मंसिर १६
टाेखामा श्रावण महिनादेखि चतुर्मास भजन सुरु गरी चार महिना अर्थात बुढानिलकण्ठ नारायणस्थान मेलाको दिनसम्म बेलुका भात खाएपछि भजन गाउने व्यवस्था मिलाएको पाटीमा बसी भजन गाइन्छ।यस्मा खिं,झ्याली, बासुरी ढोलक आदि बाजा बजाइन्छ र विभिन्न देवि-देवतासँग सम्बन्धित थ्यासफु (भजन गित )गाइन्छ।
टोखामा हाल विभिन्न सांस्कृतिक बाजा खलः तथा भजन खलहरू रहेका छन्। टोखाका नेवारहरुका बस्तीमा एवं टोलहरुमा यस्ता बाजा खलः र भजन खलःले गर्दा बढी रमाइलो तथा उल्लासमय हुन्छ यस्ता समूह र विभिन्न जात्रा पर्वहरूमा गाउँ तथा टोल घुम्ने गर्छन्। बाँसुरी बाजा, खिं बाजा ,धिमाय् बाजाका सांगीतिक स्वरले गाउँबस्ती गुञ्जयमान बन्छ।
यहाँका बाजा खलः हरु विशेषगरेर बिस्केट जात्रा, इन्द्रजात्रा ,कृष्ण जात्रा , माघ पूर्णिमा, यमरी पुर्णिमा तथा सकिमन्हा पुर्णिामाका दिन परम्परागत बाजा बजाउँदै गाउँ घुम्ने गर्छन् यही सांस्कृतिक दफा खल:तथा भजन खल:ले गठेमंगल चतुर्दशीको पर्सिपल्ट देखि भजन चतुर्मास
आरम्भ गरि सकिमन्हा पूर्णिमा सम्मका दिनका दिन आ-आफ्नो टोलका निर्धारित भजन घर तथा पाटीमा बसेर भजन गर्ने गर्छन् ।
यसरी गर्ने भजन बिशेष गरि बेलुका ७ देखी९ बजे सम्म भजन गाउने गर्छन् । हाल टाेखामा रहेका दापा खल तथा भजन खलः हरुमा जाेर भिमसेन दापा खल: ,सपनातिर्थ दापा खल:,चण्डेश्वरी दापा खलः , चण्डेश्वरी भजन खल: यलाग दापा खल:,इन्द्रायणी दापा खल: ,सहलुबी पिगंद्य दापा खल:र मु:ध्वाखा भजन खल रहेका छन्।यि दापा खल: तथा भजन खल:हरुले आ-आफ्ना पायक पर्ने ठाउँमा प्रत्येक मंगलबार चण्डेश्वरी , गणेशस्थान , काेट गणेश र प्रत्येक शनिबार सपनातिर्थ, मसानकालि इन्द्रायणीमा भजन गर्ने चलन छ ।
टाेखाका यि दाफा खल: तथा भजन खल:हरूले विशेषपर्व पारेर भोज खाने गर्छन् ।जात्राको अन्तिम दिन इन्द्रजात्रा, यमरी पुर्णिमा, सकिमन्हा पूर्णिमा ,कृष्ण जात्रा र फागुपूर्णिमा गरी वर्षभरि ६ पटक भोज खाने चलन छ।यहाँको मान्यता अनुसार जेठ र असार दुइ महिना बाजागाजा बजाउन नहुने विश्वास गरिन्छ।
संस्कृतिका धनी प्राचिन नगर टोखाको एक छुटै संस्कृती जुन हरिबोधनी एकादशी देखि कार्तिक शुल्क पुर्णिमा ( कछलाथ्व पुन्हि, ) सकिमिला पुन्हि भनिन्छ । यो दिनमा टाेखा बाट ४ किमि बुढानिलकण्ठ नगरपालिकामा अवस्थित बुढानिलकण्ठ नारायण टाेखाका भजन खल:हरु मेलामा आरती गायर दर्शन गरेपछी पैदलमार्ग भएर फर्की ऐतिहासिक टाेखाका मठमन्दिर चण्डेश्वरी ,
यो पर्वमा नेवार समुदायले तरुल र पिडालु ( हिसकि )खाएसंगै सकिमिला पुन्हि पर्वको विधिवत रुपमा मनाउदै यो दिनमा सखरखण्ड र पिँडालु (चाकुहि व सकि ) खाने चलन छ।
सकिमिला पुन्हिका दिन हिजो ऐतिहासिक प्राचीन सहर टाेखा काे टाेलटाेलमा चर्तुमास भजन गर्ने सपनतीर्थ दाफा खल:, इन्द्रायणी दाफा खल:,सहलुबी पिगद्य दाफा खल:,
यो दिनमा काठमाडौं उपत्यका विभिन्न स्थानमा विभिन्न द्यः जात्रा यसैदिनमा जात्रा गर्ने गरिन्छ। काठमाडौंको थक्वामा महालक्ष्मी गणेद्यः, भैरःद्यः आदिनारायणमा जात्रा, चाबहीको चन्द्रविनायक र भैराद्यःजात्रा, बुंगया मच्छिन्द्रबहालमा जात्रा, टाेखाको चण्डेश्वरी माइको जात्रा यसै दिन गरिन्छ ।
यस् वर्ष कोरोना भाइरस महामारीका कारण जात्रा भने औपचारिकतामा मात्रै सिमित गरि सामान्य विधिबाट पुजाआजा गरि समापन गरिएको छ।