JanaKura

नेपालमा थप १७०३ जनामा कोरोना संक्रमण, थप २३ जनाको मृत्यु:-

टाेखा लाइभ / मंसिर १२:-

पछिल्लो २४ घण्टामा नेपालमा थप १७०३जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ५ सय ९९, भक्तपुरमा ६३ र ललितपुरमा १ सय ६० जना नयाँ संक्रमित थपिएका हुन् ।

नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९ हजार ४ सय ३५ जना पुगेको छ । कोरोना संक्रमणमुक्त हुनेको संख्या ९१ दशमलब नौ प्रतिशत रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ३५ पुगेको मन्त्रालयले बताएको छ।

Exit mobile version