JanaKura

नेपालमा थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि , थप १८ जनाको मृत्यु ।

टाेखा लाइभ कार्तिक २१

नेपालमा पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कारोना संक्रमण पुष्टि भए संगै नेपालमा ३४ हजार ९०५ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ भने निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या १०७० पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण निको हुने दर ८१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

Exit mobile version