JanaKura

बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्ने कुनै योजना छैन:- देउवा


२०७७,जेठ १३
टाेखा लाइभ , काठमाडौं : सभापति श्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा आयोजित आजको कार्यक्रमको उद्घाटन गर्दै नेपाल का केही पत्रकारमा संक्रमण देखिएको छ । देशभरका पत्रकारको निःशुल्क परिक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न म सरकार समक्ष माग गर्नेछु देउवाले भने,
पत्रकार र मिडिया हाउसलाई राहत योजना लगायत
श्रमजीवी पत्रकार यो बिचमा कयौं बेरोजगार भएका छन् ।
बिज्ञापन ब्यवसायमा असर पर्दा मिडिया हाउसहरु संकटमा परेका छन् ।देशभरिमा कयौं दैनिक र साप्ताहिक पत्रिका बन्द भएका छन् ।पत्रकारिता क्षेत्रले भोगेको यो चुनौती सामना गर्न ब्यवस्थित राहत प्याकेज ल्याउन नेपाली कांग्रेसले यस अघिनै माग गरिसकेकोमा पुनः सरकारलाई ध्यानाकर्षण गरेको बताएको छ।
भ्रष्टाचारको प्रश्न उठाउंदा अस्थिरता फैलाएको आरोप ? स्वास्थ सामग्री खरिद गर्दा गम्भीर भ्रष्टाचार भएको विवरण हाम्रा संचार माध्यमहरुमा आए ।तपाईंहरुले निडरता पूर्वक लेख्नु भयो । प्रधानमन्त्रीले धन्यवाद दिएर दोषीलाई कार्वाही गर्नुपर्नेमा उल्टै संचार माध्यम र सामाजिक संजालले अस्थिरता फैलाएको आरोप लगाउनु भयो । म उहाँलाई प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति नराख्न फेरि पनि आग्रह गर्दछु । संचार माध्यमले औंल्याएका गल्ती सच्याउंदै अघि बढ्न प्रधानमन्त्रीले जरुरी छ । निडर भएर लेख्नोस्, तपाइहरुका साथमा म छु ,लक डाउन भएको दुई महिना पूरा भयो, प¥याप्त परिक्षण छैन । क्वारेन्टाइन कि गाई गोठ ? शोध्नुपर्ने स्थिति छ । पर्याप्त स्वास्थ सामग्री छैन । अत्यावश्यक राहतको उचित ब्यवस्थापन छैन । बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्ने कुनै योजना छैन । यस्तो स्थितिमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी छ । लक डाउनले समाजका सबै गतिविधि बन्द भएका बेला अनियमितता, बेथिति, भ्रष्टाचार र अलोकतान्त्रिक व्यवहार क्रमशः थप बढ्दै जान सक्ने खतरा देखिएका छन् । यस्तो बेला मिडियाले खबरदारीको भुमिका अझै बढाउन जरुरी रहेको साथै निडर भएर आफ्नो कलम चलाउन आग्रह गर्दै सदैव मिडिया माझ रहिआएको बताए।

(सभापति श्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा आयोजित आजको कार्यक्रमको उद्घाटन र सम्बोधनको संपादित अंस।)

Exit mobile version