टाेखा लाइभ, कार्तिक ११
टाेखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र्को आइसोलेसनका संक्रमितहरुलाई मास्क ग्लोव्स लगाइ आज दशैको शुभकामना आदानप्रदान सहित दशैंंकाे टीका लगाइएको छ। नेपालीहरुको महान चाड बडा दशैंको भोलिपल्ट आज टिकाको दिनमा टाेखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र्मा संक्रमीत भै आइसोलेसमा बसिरहनु भएका १२ जना संक्रमितहरुलाई टाेखा नगरपालिका वडा २ का अध्यक्ष दिपकराज जोशीले बडा दशैको शुभकामना दिई टीका जमरा लगाइ दिएर स्वास्थ्य लाभको कामना गर्नुभएको छ।संक्रमितहरुलाई दशैको टिका जमरा लगाइसकेपछि वडा अध्यक्षले हिन्दुहरुको यो महान चाड बडा दशै जस्तो समयमा काेभिड-१९ संक्रमित भै आफ्ना परिवारबाट अलग्गिएर आइसोलेसमा बस्नु परेको कारणले उहाँहरुको पिडा महसुस गरि उहाँहरूलाई अलिकति भएपनि विशेषगरि बडा दशैको राहत महसुस गर्न सकोस् भनेर यो सानो कार्यक्रम आयोजना गरेको वडा अध्यक्षले दिपक राज जोशीले बताउनु भयो।
संक्रमितहरुलाई दशैको टीका लगाइरहेका टाेखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र्आइसोलेसनका इन्चार्ज डा. सन्देश ढकालले विश्वब्यापी फैलिरहेको काेभिड-१९ यस टाेखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र्ले नियमित २४ सै घन्टा स्वास्थ्य सेवा दिइरहेको छ भने हालसम्म सयजना भन्दा बढीलाई दिस्चार्ज गरिसकेको बताउदै आजमात्रै बिहान दुई जनालाई दिस्चार्ज गरेको बताउदै उहाँले भन्नुभयो ”- अहिले हिन्दुहरुको महान चाड विजया दशमी परेको हुनाले यहाँ आइसोलेसनमा बस्नुहुने सम्पूर्ण हाम्रा संक्रमितलाई दशैको एउटा माहोल बनोस् भनेर हामीले दशैको शुभकामना आदानप्रदान प्रदान र आशीर्वादको लागि वडा २ का अध्यक्ष र टाेखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र परिवार मिलेर टिकाकाे आयोजना गरेको बताए ।