
तारकेश्वर नगरपालिकाको गौरवको योजना अन्तर्गत १७ करोडको लागतमा अत्याधुनिक प्रशासनिक भवन बन्न लागेको हो। तारकेश्वर नगरपालिकाको भवन निर्माणको लागि जिल्ला समन्वय समितिबाट ६० प्रतिशत र नपुग ४० प्रतिशत रकम तारकेश्वर नगरपालिकाले व्यहोर्ने शर्तमा भवन निर्माण हुनेछ।