JanaKura

साँखुस्थित अस्पतालमा मृत्यु भएकी युवतीको कोरोना परीक्षण गर्न स्वाब टेकु पठाइयो ।


रासस
काठमाडौं, जेठ १२

शङ्खरापुर नगरपालिका साँखुमा आज मृत्यु भएकी एक युवतीको पिसिआर परीक्षणको लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वाब पठाइएको छ।

वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकोमा आएकी २० वर्षीय रीतु राईको मृत्यु भएपछि स्वाब परीक्षणको लागि पठाइएको शङ्खरापुर नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागाईंले बताए।

कञ्चनपुरबाट आएको दिनदेखि १० दिनसम्म उनलाई इन्द्रेणीको स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा राखिएको थियो। उनको आरडिटी रिपोर्ट पनि नेगेटिभ आएपछि उनी आफन्तको घरमा गएकी थिइन्।

Exit mobile version