JanaKura

डा. गोविन्द केसीको समर्थनमा जोरपाटीमा प्रदर्शन:-

 

टाेखा लाइभ असोज २०,काठमाडौं
अनसनरत डाक्टर गोबिन्द केसीको समर्थनमा प्रदर्शन भएको छ । युथ अफ गोकर्णेश्वरको आयोजनामा आज जोरपाटी चोकमा डाक्टर केसी को माग बारे सरकारको ध्यानाकर्षण गराउन आयोजित उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे , वडा नं ९,८,६,५ का वडा अध्यक्षहरु क्रमस राजिब थापा, मनोज ढुङ्गाना, रमेश अर्याल र नारायण सुबेदीको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ का सभापती तथा गोनपा का प्रमुख सन्तोष चालिसेले डा केसिको मागलाई सम्बोधन गर्न सरकारलाई दवाब दिएका छन ।
त्यस्तै सो कार्यक्रमा नेपाली काङ्ग्रेस महासमिती सदस्य बिमल ठकुरि, काङ्ग्रेस नेता एवम लायन्स लिडर कुमार राज सुबेदी, स्थानिय नेता शन्भु अधिकारी, युबा नेता बुद्व रिसाल लगायत स्थानिय जनताको बाक्लो उपस्थिती रहेको थियो ।
त्यस्तै कार्यक्रममा वडा अध्यक्षहरु नारायण सुबेदी, रमेश अर्याल तथा मनोज ढुङ्गना लगायतले सम्बोधन गरेका थिए । सयौको सहभागिता रहेको सो बिरोध कार्यक्रम करिव १ घन्टा चलेको थियो ।

Exit mobile version