JanaKura

नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु, १५५१ संक्रमित थपिए:-

टाेखा लाइभ असोज २० काठमाडौं :

नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको मन्त्रालयले बताएको छ।

Exit mobile version