JanaKura

‘होहल्ला’ गरेको भन्दै ताप्लेजुङमा २ जना पक्राउ

• अमृता नेपाली

ताप्लेजुङ । असामाजिक क्रियाकलाप गरेको भन्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङको बिरेन्द्र चोकमा होटल सञ्चालन गरि बस्ने एक महिला सहित अर्का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

अनावश्यक रुपमा मादक पर्दाथ सेवन गरि होहल्ला लगायतका शान्ति सुरक्षा माथी नै खल्बलाएको हुँदा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको हो।उनीहरूलाई आवश्यक अनुसन्धान गरि अभद्र व्यवहार गरेको आरोपमा मुदा दर्ता गरि कानुनी कामकारबाही अघि बढाउने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ।उता पक्राउ गरिएका दुवै जनाको विवरण भने गोप्य राखिएको छ।

Exit mobile version