JanaKura

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, ११७२ संक्रमित थपिए:-


टाेखा लाइभ असोज ७ काठमाडौं :

नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भए पछि नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४९ हजार ९५४ पुगेको मन्त्रालयले बताएको छ।

Exit mobile version