JanaKura

पहिलो पटक कोरोनाका कारण ताप्लेजुङमा एक ३७ बर्षिय महिलाको मृत्यु ।

अमृता नेपाली
टाेखा लाइभ असोज ६

ताप्लेजुङमा कोरोना संक्रमणका कारण ताप्लेजुङमा पहिलो पटक एक महिलाको मृत्यु भएको छ। पाथीभरा याङवरक गाउँपालिका वडा न ३ बस्ने एक ३७ बर्षिय महिलाको ज्यान गएको हो।
मृगौला समबन्धी समस्या भएकी ती महिला उपचारका लागि भदौ १२ गते ताप्लेजुङकै तमोर अस्पतालमा भर्ना भएको ठिक नहुने भन्दै र थप उपचारका लागि झापा लगिएको परिवारले जनाएको छ।
उपचारका लागि मोरङको नोबेल मेडिकल कलेज पुगेकी उनको अस्पतालले २८ गते पिसिआर परीक्षणका लागि स्वाब लिएकोमा ३० गते कोरोना पोजेटिभ देखिएको थियो ।कोरोना पोजेटिभ देखिएपछि उनलाइ उपचारका लागि बिराट टिचिङ अस्पताल लगिएकोमा सोमबार दिउँसो उनको मृत्यु भएको कोरोना नियन्त्रण तथा ब्यबस्थापन समिती ताप्लेजुङका सदस्य सचिव एबम प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईंले बताउनु भएको छ।

( अमृता नेपाली सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)

Exit mobile version