JanaKura

एक हप्तामा ९६ जना कोरोना सङक्रमित थपिए:-

टाेखा लाइभ असोज ५ काठमाडौं

तारेश्वर नगरमा एक हप्तामा ९६ जना कोरोना संक्रमित थपिएका छन्।

गत आइतबार नगरमा कोरोना संक्रमितको संख्या २ सय ६० थियाे। एकहप्ता पछि उक्त संख्या बढेर ३ सय ५६ पुगेको।

संक्रमित मध्यै सबैभन्दा बढी मनमैजु–१० मा रहेका छन्। उक्त वडामा ९५ जना संक्रमित रहेको नगरको स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।

त्यसैगरी, साङ्ला–१ मा १२, काभ्रेस्थली –२ मा १५, जितपुरफेदी–३ मा ७, गोलढुंगा–४ मा २९, गोलढुंगा–५ मा ३५, धर्मस्थली–६ मा २३, फुटुङ–७ मा ११, मनमैजु–८ मा ३५, मनमैजु–९ मा ४० र नेपालटार ११ मा ५४ जना कोरोनामा कोरोना संक्रमण फैलिएको छ।

संक्रमितमध्ये १ सय ७७ जना होम आइसालेसन, १६ जना अस्पताल आइसोलेसन, २३ जना कोभिड सेन्टर, २ जना होटल आइसोलेसनमा रहेका छन्। नगरमा हालसम्म १ सय ३५ जना निको भएका छन्।

सक्रिय कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ। हालसम्म नगरका १२ सय १५ जनाको पिसीआर परीक्षण गराएको छ भने १ सय २५ जनाको कन्ट्याक ट्रेसिङ गर्दा पोजेटिभ देखिएको शाखाले जानकारी दिएको छ।–तारकेश्वर अनलाईनबाट

Exit mobile version