JanaKura

शशांक कोइराला अस्पतालबाट डिस्चार्ज:-

टाेखा असोज ३ काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा . शशांक कोइराला अस्पतालबाट घर फर्केका छन्।

कोरोना संक्रमित कोइरालालाई ज्वरो बढेपछि मंगलबार राति चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो। चार दिन अस्पतालको आइसोलेसनमा बसेका कोइराला शनिबार अपरान्ह निवास फर्केका हुन्।

भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएका कोइरालाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

डा कोइरालाले आफ्नो स्वास्थ्य अवस्थाबारे नियमित चासो र चिन्ता लिने तथा उपचारमा संलग्न डा. विश्वनाथ कोइरालाको टिमलाई धन्यवाद दिएका छन्। चिकित्सकको सल्लाहबमोजिम केही दिन होम आइसोलेसनमा रहने उनले जनाएका छन्।

Exit mobile version