JanaKura

तारकेश्वरमा कोरोना संक्रमितको संख्या ३ सय ९ पुग्यो:-

टाेखा लाइभ भाद्र ३१ काठमाडौं

तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ३ सय ९ पुगेको छ।
ती मध्ये सबैभन्दा बढी मनमैजु–१० मा ८५ जना कोरोना संक्रमित छन्।त्यसैगरी, साङ्ला–१ मा ९, काभ्रेस्थली –२ मा १४, जितपुरफेदी–३ मा ७, गोलढुंगा–४ मा २५, गोलढुंगा–५ मा ३१, धर्मस्थली–६ मा १८, फुटुङ–७ मा ७, मनमैजु–८ मा ३१, मनमैजु–९ मा ३४ र नेपालटार ११ मा ४८ जना कोरोनामा कोरोना संक्रमण फैलिएको छ। संक्रमितमध्ये १ सय ६७ जना होम आइसालेसन, २८ जना अस्पताल आइसोलेसन, २३ जना कोभिड सेन्टर, २ जना होटल आइसोलेसनमा रहेका छन्। नगरमा हालसम्म ८६ जना निको भएका छन्।

सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३ पुगेको छ। हालसम्म नगरका ११ सय ४६ जनाको पिसीआर परीक्षण गराएको छ भने १ सय ५ जनाको कन्ट्याक ट्रेसिङ गर्दा पोजेटिभ देखिएको शाखाले जानकारी दिएको छ। –तारकेश्वर अनलाईनबाट

Exit mobile version