JanaKura

टोखा नगरपालिका मा ३१८ जनामा सङ्क्रमण पुष्टि

नविना श्रेष्ठ भाद्र २५ २०७७ टोखा नगरपालिका मा ३१८ जना कोरोना सङ्क्रमित पुष्टि भएको छ। टोखा नगरपालिकाको अनुसार भाद्र २४ गते सम्म गरिएको PCR टेस्ट मा जम्मा ३१८ जना मध्ये १६३ जना सक्रिय संक्रमित रहेका छन्। भने १५२जना निको भएर डिस्चार्ज भैसकेको छ। हाल सम्म ३ जना को मृत्यु भैसकेको छ। टोखा नगरपालिका मा कोरोना भाइरस कोभिड -१९ सक्रमन बढेकोले टोखा न. पा बासीहरुलाई सकेसम्म घर बाहिर ननिस्कने र निस्कनै परेमा सामाजिक दूरी कायम गरी माक्स लगाएर मात्र निस्कन सबैलाई टोखा नगरपालिका उपमेयर ज्ञान माया डंगोलले आग्रह गरेकी छिन्।

Exit mobile version