JanaKura

सर्वोच्चकी पहिलो महिला न्यायाधीशको निधन ।


टाेखा लाइभ,काठमाडौं
शनिबार, जेठ १०,
काठमाडौं- सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु) को निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारको क्रममा ८१ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो।
सिंह २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन्।
नेपाल बार र सर्वोच्च बारले निष्ठावान न्यायाधीश गुमेको टिप्पणी गरेका छन्।
महिलाहरुको कानुनी सहायता परियोजनामा पनि उनको उल्लेखनीय योगदान रहेको थियो।…सन् १९५९ मा भारतीय राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया रेडियाे (आकाशवाणी) बाट नेपाली भाषाकाे कार्यक्रम शुरु गरियाे। त्यसकाे प्रारम्भदेखि नै विद्यार्थीका रुपमा दिल्लीमा रहेकी काठमाडाैँकी सिलु सिंहले साप्ताहिक अवकाश पनि नलिइ काम गर्नुभयाे। केही महिना काम गरेर उहाँले त्यहाँबाट त्यागपत्र दिएर काठमाडाैँ फर्किनुभयाे…(रेडियाे जिन्दगीः प्रकाशप्रसाद उपाध्यायः२०७१)।
नेपालका अग्रणी महिला रेडियाेकर्मी तथा सर्वाेच्च अदालतकी प्रथम महिला वरिष्ठ अधिवक्ता
सिंह घर काठमाडौंको पकनाजोल निवासी हुन्।

Exit mobile version