JanaKura

छोरीलाई किन गर्छौ हेला ?

छोरी लाई किन गर्छौ हेला ? लेखपढ गर्ने बेला घरधन्दा को मेला ।

छोरा लाई हुर्काउनछौ मायामा
त्यही छोरी लाई राख्छौ छॉयामा ।

छोरालाई विद्यालय पढाउँछौं
त्यही छोरीलाई किन जंगल तिर पठाउँछौ?

छोरालाई माया गरी उचाल्छौ

छोरीलाई गाली गरी खसाल्छौं।

छोरा लाई काखा अनी छोरीलाई पाखा
किन गर्छौ यस्तो सन्तानमा भेदभाव ?


छोरीलाई किन गर्दैछौ हेला ?
पढ्ने बेला घरधन्दाको मेला।

छोरी पनि गर्छन् बी. ए र एम. ए पास
देश चलाउन सक्छिन गरिदेऊ विश्वास।

प्रकृति भण्डारी
कक्षा -९
पशुपति मित्र मा. वि
काठमाडौं , चाबहिल।

Exit mobile version