JanaKura

ललितपुरमा २६ गतेसम्म कर्फ्यू:-

टाेखा लाइभ भाद्र२० काठमाडौं।
ललितपुर जिल्ला प्रशासन कार्यालयले दैनिक बिहान ५ बजेदेखि राति १० बजेसम्म लागु हुने गरी आगामी २६ गतेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। पाँचजना भन्दा धेरै जम्मा हुन नपाइने गरी रातो मछिन्द्रनाथको रथ रहेको क्षेत्र– पूर्व मदन स्मारक अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिकाको कार्यालय। दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड), दक्षिण बल्खुण्डोल चोक भित्र सो आदेश लागू हुनेछ।

यस्तै मिननाथको रथ रहेको आसपास क्षेत्र–पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल, दक्षिण पुर्णचण्डि मन्दिर र उत्तर पिमवहाल क्षेत्रमा शनिबार देखि आगामी २६ गतेसम्म यो आदेश लागू हुनेछ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले शुक्रबार अबेर यो आदेश जारी गरेका हुन्। शुक्रबार पनि बिहान ४ बजेदेखि बेलुका १० बजेसम्म कर्फ्यू लगाइएको थियो।

रातो मछिन्द्रनाथको रथ तान्नेक्रममा बिहीबार झडप भएको थियो। कोरोना महामारीका कारण रथ तान्ने वा नतान्ने निर्णय नहुँदै केही युवाहरु पुल्चोकमा आएपछि हजारौं मानिसहरु बिहीबार पुल्चोकमा आएर निषेधाज्ञा तोडेका थिए।

Exit mobile version