JanaKura

बुढानिलकण्ठ -११ ले संचारकर्मीहरुको कोरोना विमा गर्ने:-

टाेखा लाइभ भाद्र१९ काठमाडौं
बुढानिलकण्ठ नगरपालिका वडा नं -११ ले संचारकर्मीहरुको कोरोना विमा गर्ने भएको छ । कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानको अग्र मोर्चामा रहेर जनतालाई सुचना प्रदान गरिरहेका संचारकर्मीहरुलाई उर्जा प्रदान गर्दै उनीहरुको सत्कर्मको प्रोत्साहन गर्नका लागि सो निर्णय गरिएको वडा अध्यक्ष राजु अधिकारीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।

उक्त सेवा प्राप्त गर्नका लागि बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा बसोवास गर्ने संचारकर्मीहरुले वडा कार्यालयमा सम्पर्क राख्न सक्नेछन।

Exit mobile version