JanaKura

टोखा -७ मा सक्रिय स्वयंसेवकहरुलाई वडा अध्यक्ष नरोत्तम रानाको साथ:-

काठमाडौं ,भाद्र १३ /जय न्यौपाने

टोखा नगरपालिका वडा नं ७ ले कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानलाई प्रभावकारी व्यवस्थापन गर्नका लागि स्वयंसेवक परिचालन गरिरहेको छ।

वडा कार्यालयले बनाएका योजना तथा अभियानलाई सबै क्षेत्रमा व्यवस्थित रुपमा लैजानका लागि परिचालन गरिएका स्वयंसेवकहरुले स्वास्थ्य सचेतना जागरण माक्स सेनिटाइजर वितरण गरिरहेका छन।

वडा नं ७ का अध्यक्ष नरोत्तम रानाले
स्वास्थ्यकर्मी ,जनप्रतिनिधि ,सुरक्षाकर्मीलाई सहयोग गर्दै सचेतना तथा आपतकालीन सेवाका लागि स्वयंसेवक समुह गठन गरि परिचालन गरिएको बताएका छन।

विषम परिस्थितिमा सबैको सहभागिता र सचेत प्रयत्नले मात्र महामारीलाई परास्त गर्न सकिने भन्दै अध्यक्ष रानाले टोखा नगरपालिकालाई संक्रमण मुक्त बनाउन स्वयंसेवकहरुको अग्रमोर्चाका योद्धा जत्तिकै योगदान हुने विस्वास व्यक्त गरेका छन।

(जय न्यौपाने सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

Exit mobile version