JanaKura

नेपालमा थप ९२७ सङ्क्रमित थपिए, कोरोना संक्रमणबाट थप १२ जनाकाे मृत्यु भएको पुष्टि।

टाेखा लाइभ भदौ १२, काठमाण्डाै

– नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६ हजार चार सय ५६ पुगेकाे छ । गएको २४ घण्टामा नाै सय २७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा १० हजार दुई सय २९ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा नाै सय २७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा एक सय ६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २० हजार दुई सय ४५ पुगेको छ।

नेपालमा थप १२ जनाको मृत्यु भए सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ सय ९५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएको छ।

Exit mobile version