JanaKura

टोखा ५ मा फेरि देखियो थप ४ जनामा कोरोना संक्रमण, एउटै टोलमा संक्रमितको संख्या १६ पुग्यो।

टोखा ५ को एकै ठाउँमा संक्रमित हुनेको संख्या १६ पुग्यो।

शोभा तामाङ

टाेखा लाइभ १० भदौ, काठमाडौं ।

टोखा ५ मा नेचर क्लब पछाडि गरिएको कन्ट्याक ट्रेसिङबाट थप ४ जना संक्रमितहरु फेला परेका छन् । यस ठाउँमा पहिले १ जना संक्रमित भेटिएपछि कन्ट्याक ट्रेसिङ गरिएको यो तेस्रो पकट हो ।

यहाँ संक्रमित पनि तिनैपल्ट भेटिएका छन् । तेस्रोपल्ट गरिएको कन्ट्रयाक्ट टेसिङमा आज ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यो सहित टोखा ५ को एकै ठाउँमा संक्रमित हुनेको संख्या १६ पुगेको छ ।

वडा अध्यक्ष जगन्नाथ ढकालकाअनुसार अब उक्त क्षेत्रमा थप ट्रेसिङ गरि अत्यन्तै कडाइका साथ सतर्कता अपनाइने र उक्त क्षेत्रलाई सिल गरि व्यवस्थापनमा प्रभावकारी कदम उठाइनुका साथै आवश्यक परे प्रहरि पनि परिचालन गरिनेछ ।

Exit mobile version