JanaKura

मनको व्यथा


छोरा र छोरी हुर्काए मैले माया मा भुलेर
चुच्चाले च्यापे पखेटा हाले गैहाले उडेर
यो माया मोह छोडेर हामी एकान्त वनमा
कास र कुस अौछ्याइ बसौ आनन्द मनमा ।।

खोजेर खाने त्यो कन्दमुल वनको आहारा
पशु र पन्छी लीएर बसु यो मन को सहारा
जान त जाउला एक्लास वन मा बसौला दिन भरी
यो माया मोह छोडेर हामी जाने हो कसरी ।।

तिर्सुली गङ्गा बगेर नग्गा म पारी तरौला
विरह मेरो धेरै छ कुरा म मुर्छा परुला
माथी तिर हेर्छु बादलु लेख तलत निरह
कि लाग्छ मलाई रोइरन मन कि लाग्छ विरह ।।

एक दिन चाहिँ जानै पर्छ दिनमा हो कि रातमा
लाको पनि फुकाल्दिन्छ्न केनै जान्छ र सातमा
सधैं भरी भजन गर्नु कि दिन मा कि रातमा
रामको भक्ती गर्न सके राम जानुहुन्छ सातमा।।

कमलको फुल होइलायो क्यारे आएन बासना
मानिसको जन्म दिनुभो दैब सधैंको सासना।।

भगवती गुरागाईं
वर्ष- ९०
काठमाडौं , ७ चावहिल ।

Exit mobile version