JanaKura

दिग्गज अभिनेता राते काँइला (सुनील थापा) को निधन

काठमाडौं, माघ २४ / नेपाली चलचित्र क्षेत्रका दिग्गज अभिनेता राते काँइला अर्थात् सुनील थापाको आज बिहान निधन भएको छ। ७ः३० बजे हृदयाघातका कारण उनको देहावसान भएको हो।
हृदयाघातपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिँदै थियो। तर अस्पताल पुग्नुअगावै उनको निधन भइसकेको नर्भिक अस्पतालका प्रशासन प्रमुख विमल बोगटीले जानकारी दिए।
शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा नेपाली र भारतीय दुवै चलचित्र उद्योगमा आफ्नो सशक्त र जीवन्त अभिनयका लागि परिचित थिए। नेपाली चलचित्र चिनो मा ‘राते काँइला’ को भूमिकाबाट उनी दर्शकमाझ विशेष रूपमा चिनिए।
भिडियो फिल्म मसाल बाट चलचित्र यात्राको सुरुआत गरेका थापाले नेपाली चलचित्रमा दर्जनौँ सम्झनलायक भूमिका निभाएका छन्। त्यस्तै, हिन्दी चलचित्र मेरी कोम मा प्रियंका चोपडाको गुरुको भूमिकाले उनले अन्तर्राष्ट्रिय दर्शकको पनि मन जित्न सफल भएका थिए।
सुनील थापाको निधनले नेपाली चलचित्र क्षेत्रले एक अनुभवी र समर्पित कलाकार गुमाएको छ। उनका अभिनय र योगदान सधैँ दर्शकको स्मृतिमा जीवित रहनेछन्

Exit mobile version