काठमाडौँ, ९ माघ / नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज औपचारिक रूपमा पदवहाली गर्ने भएको छ। काठमाडौँमा माघ १ गते सम्पन्न पार्टीको दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसका पूर्व महामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन हुनुभएको थियो।
पार्टी कार्यालयका अनुसार आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति थापासहित सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पदवहाली गर्ने कार्यक्रम तय गरिएको छ।
पदवहालीसँगै नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै बस्नेछ। दिउँसो १ बजे सुरु हुने उक्त बैठकमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभएको छ।
कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको पदवहाली आज
