JanaKura

नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु:-

टाेखा लाइभ,भाद्र ४ काठमाडौं : काठमाडौं उपत्यकामा २०० जनासहित नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । त्यस्तै कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ।

Exit mobile version