काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भइरहेको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए।
पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू पनि बैठकमा सहभागी छन्। पार्टी सभापति रवि लामिछानेको आह्वानमा बैठक अनौपचारिक रूपमा बसिरहेको उपनेता पराजुलीले बताए।
सरकारका कामकारबाहीबारे सांसदहरूलाई जानकारी गराउने तथा त्यसबारे छलफल गर्ने उद्देश्यले मन्त्रीहरूलाई समेत बैठकमा सहभागी गराइएको उनले जानकारी दिए।
