काठमाडौं, असार २४। दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै साविक विजेता अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले पराजित गर्दै ‘फिफा विश्वकप–२०२६’/2026 FIFA World Cup’ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको एटलान्टा स्टेडियममामा आज भएको रोमाञ्चक खेलमा इजिप्टले सुरुआतदेखि नै दबाब बनाएको थियो। खेलको १५औँ मिनेटमा यासेर इब्राहिमकोले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि ६७औँ मिनेटमा मुस्तफा जिकोले अर्को गोल थपेपछि इजिप्ट २–० को बलियो अवस्थामा पुगेको थियो।
तर त्यसपछि अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्यो। खेलको ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए। त्यसको चार मिनेटपछि ८३औँ मिनेटमा कप्तान लियोनेल मेस्सीले बराबरी गोल गर्दै खेललाई २–२ को अवस्थामा पुर्याए।
निर्धारित समय सकिएपछि थपिएको इन्जुरी समयमा खेलको ९०+३औँ मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को रोमाञ्चक जित दिलाए।
दुई गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै जित निकालेको अर्जेन्टिनाले अब क्वाटरफाइनलमा स्थान बनाएको छ।
