• Jana Kura

    • 2025-12-11

    काठमाडौँ, २५ मङ्सिर /
    एसिसी पुरुष U-19 एसिया कपको प्रतिस्पर्धा भोलि शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुँदैछ। उद्घाटन दिनमा भारतले आयोजक युएईसँग तथा पाकिस्तानले मलेसियासँग खेल्दै प्रतियोगिताको रंगीन सुरुवात गर्ने छन्।

    नेपालको टोली युएई पुगिसकेको छ र प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तयारीमा छ। नेपालले पहिलो खेल मङ्सिर २७ गते श्रीलङ्कासँग खेल्नेछ। दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र अन्तिम समूह चरणको खेल पुस २ गते अफगानिस्तानसँग हुनेछ। नेपालका सबै खेल सेभेन्स रंगशालामा रहेका छन्।

    यस प्रतियोगितामा आठ टोली सहभागी छन्।

    • समूह ‘ए’ : भारत, पाकिस्तान, युएई, मलेसिया
    • समूह ‘बी’ : बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान, नेपाल

    हरेक समूहबाट शीर्ष दुईमा पर्ने टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्। अन्तिम उपाधि भिडन्त पुस ६ गते हुनेछ।


    नेपाली U-19 टोली

    • अशोक धामी (कप्तान)
    • नीरजकुमार यादव
    • दिलशाद अली
    • अभिषेक तिवारी
    • सिव्रिन श्रेष्ठ
    • साहिल पटेल
    • दयानन्द मण्डल
    • निश्चल छेत्री
    • आसिश लोहार
    • नितेस पटेल
    • चन्दन राम
    • रोशन विक
    • विपिन शर्मा
    • वंश क्षेत्री
    • युवराज खत्री

     

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै