• Jana Kura

    • 2026-06-18

     

    काठमाडौं । नेपाल मेडिकल कलेजले नौ वटा विषयमा फ्याकल्टीहरु माग गरेको छ ।

    बिहीबार एक सूचना जारी गर्दै कलेजले इमरजेन्सी मेडिसिन, स्त्री तथा प्रसुति रोग, आँखा रोग, छाला रोग, इन्र्टनल मेडिसिनमा फ्याकल्टी माग गरेको छ । यस्तैगरी, बाल रोग, न्यूरो सर्जरी, क्लिनिक बायोकेमेष्ट्रीमा फ्याकल्टी माग गरिएको जनाएको हो ।

    कलेजको अनुसार स्वास्थ्य सेवा र शिक्षण पेशालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन थप फ्याकल्टीहरुको दरखास्त खोलिएको छ ।

    इच्छुक उम्मेदवारले असार १४ गतेभित्र आवेदन दिन सक्नेछन् भने आवेदन दिएका मध्येलाई सर्ट लिस्टमा राखेर अन्तरवार्तामा बोलाइने छ ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै