काठमाडौं । डा. शेखर कोइराला ले पार्टीभित्र बढ्दो विवाद र असन्तुष्टिका बीच नेपाली कांग्रेसको एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सारेका छन् ।
उनले पार्टीलाई एकताको साझा मिलनविन्दुतर्फ लैजानुपर्ने आवश्यकता औंल्याउँदै १५औँ महाधिवेशनलाई केन्द्रमा राखेर विभिन्न प्रस्ताव सार्वजनिक गरेका हुन् ।
डा. कोइरालाले पहिलो प्रस्तावका रूपमा १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको अध्यावधिकलाई अनिवार्य (म्यान्डेटोरी) नबनाउनुपर्ने बताएका छन् ।
त्यस्तै, उनले १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
उनका अन्य प्रस्तावमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरी एउटै संरचना बनाउने विषय समेटिएको छ ।
