• Jana Kura

  • 2026-05-21

एजेन्सी । चिनियाँ राष्ट्रपति र रुसी राष्ट्रपति बीच बेइजिङमा उच्चस्तरीय भेटवार्ता सम्पन्न भएको छ ।

रुसका राष्ट्रपति पुटिन चीन भ्रमणका क्रममा बेइजिङ पुगेका थिए र बुधबार भ्रमण सम्पन्न गरेका हुन् ।

भेटवार्तापछि राष्ट्रपति सीले चीन–रूस सम्बन्ध राजनीतिक पारस्परिक विश्वास, रणनीतिक समन्वय र विभिन्न क्षेत्रमा सहकार्यका कारण निरन्तर सुदृढ हुँदै गएको बताएका छन् ।

उनका अनुसार व्यापार, ऊर्जा, विज्ञान–प्रविधि, लगानी तथा जन–जनबीचको सम्बन्धमा उल्लेखनीय प्रगति भएको छ र दुवै देशको सम्बन्ध नयाँ उचाइमा पुगेको छ ।

रुसी राष्ट्रपति पुटिनले पनि द्विपक्षीय सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको उल्लेख गर्दै ऊर्जा, यातायात, प्रविधि र सांस्कृतिक आदान–प्रदानमा सहकार्य थप गहिरिँदै गएको बताए ।

दुवै नेताले संयुक्त राष्ट्रसंघ, ब्रिक्स, शाङ्घाई सहयोग संगठन (SCO) लगायत बहुपक्षीय मञ्चहरूमा सहकार्य बढाउँदै अझ न्यायपूर्ण र सन्तुलित विश्व व्यवस्था निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

भेटपछि चीन र रुसले संयुक्त विज्ञप्ति जारी गर्दै समानता, पारस्परिक सम्मान र बहुध्रुवीय विश्व व्यवस्थाको पक्षमा आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् । (सीसीटीभीप्लस)

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै