JanaKura

नेपालको भविष्य सीमाभित्र मात्र होइन : डा. ढकाल

काठमाडौँ, ७ जेठः  नेपाल पोलिसी इन्स्टिच्युट (NPI) का संस्थापक तथा अध्यक्ष ले नेपालको भविष्य केवल देशको सीमाभित्र मात्र सीमित नरहने बताएका छन् ।

ग्लोबल नेपाली प्रोफेसनल नेटवर्क (GNPN) ले स्ट्यानफोर्ड विश्वविद्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले रेमिटेन्स–केन्द्रित डायस्पोरा संलग्नताभन्दा अघि बढेर विश्वभर रहेका नेपालीहरूको ज्ञान, सीप, अनुसन्धान, नवप्रवर्तन र पेशागत अनुभवलाई नेपालको विकाससँग जोड्नुपर्नेमा जोड दिए ।

उनले “डायस्पोरा नेपाललाई माया गर्छ कि गर्दैन” भन्ने प्रश्नभन्दा पनि नेपालले विश्वव्यापी नेपाली समुदायको क्षमता उपयोग गर्न सक्ने संस्थागत प्रणाली बनाउन सक्छ कि सक्दैन भन्ने मूल चुनौती रहेको बताए ।

उनका अनुसार अमेरिका, बेलायत र अस्ट्रेलियामा रहेका नेपाली डायस्पोरामध्ये ठूलो हिस्सा नेपालसँग योगदान गर्न इच्छुक भए पनि स्पष्ट संयन्त्र अभावका कारण अर्थपूर्ण संलग्नता सीमित रहेको छ ।

कार्यक्रममा सहभागीहरूले नीति, सुशासन, शिक्षा, नवप्रवर्तन, उद्यमशीलता र डिजिटल सहकार्यका माध्यमबाट नेपाल–डायस्पोरा सम्बन्धलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा परराष्ट्र तथा सम्बन्धित नीति क्षेत्रका सरोकारवालाको ध्यानाकर्षण गर्दै दीर्घकालीन डायस्पोरा संलग्नता ढाँचा निर्माण गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।

Exit mobile version