JanaKura

तारकेश्वर नगरपालिका वडा नं ८ महादेव खोलाको अस्थायी पुल भत्कियो।

रन्जिता गदाल/सन्दिप श्रेष्ठ
टाेखा लाइभ,भाद्र२ काठमाडौं ।

तारकेश्वर नगरपालिका वडा नं ८ शिवमन्दिर नजिक रहेको अस्थायी पुल भत्किएको छ। मंगलवार बिहान देखिको अविरल वर्षाका कारण महादेव खोलामा पानीको सतह बढे पछी सो स्थानमा निर्माण गरिएको अस्थायी पुल भत्किएको थियो ।

उक्त अस्थायी पुल भत्किए संगै खोला वारिपारी आवतजावत गर्नका लागि निकै समस्या भएको स्थानीयहरुले बताएका छन।

कोरोना संक्रमणका कारण वडाका विभिन्न स्थान सिल गरिएको अवस्थामा आपतकालीन रुपमा प्रयोग गर्ने पुल भत्किदा निकै समस्या परेको भन्दै स्थानीयहरुले सरोकारवाला निकाय संग समस्या सामाधानका लागि आग्रह गरेका छन।

(रन्जिता गदाल/सन्दिप श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन्)

Exit mobile version