काठमाडौँ, ७ जेठः भारतीय गृह तथा सहकारिता मन्त्री ले मा ४० किलो चन्दन अर्पण गरेका छन् ।
पुष्य नक्षत्रको पवित्र अवसरमा अर्पण गरिएको उक्त चन्दन पशुपतिनाथको नित्य पूजामा प्रयोग गरिने जनाइएको छ । मुख्य पुजारी रावल गणेश भट्टको उपस्थितिमा गुठी संस्थानअन्तर्गतको पशुपतिनाथ कार्यालयलाई चन्दन हस्तान्तरण गरिएको हो ।
यस वर्षको नित्य पूजाका लागि आवश्यक चन्दन प्रतिनिधिसभा सदस्य सन्दीप रानाको पहलमा अमित शाहले अर्पण गरेको बताइएको छ ।