काठमाडौँ, ४ जेठः नेपाल विश्व स्वास्थ्य संगठन (WHO) को ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएको छ। यो निर्णय जेनेभास्थित पाले दे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा भएको हो।
उपाध्यक्ष पदमा नेपालको यो निर्वाचनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य कूटनीतिमा महत्वपूर्ण उपलब्धि मानिएको छ।
महासभाको सोही सत्र अन्तर्गत आजै नेपालको तर्फबाट मन्त्री निशा मेहताले वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको छ।
