JanaKura

सांसद राईको अभिव्यक्तिप्रति आशिकाको आपत्ति

काठमाडौं, ४ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ ले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राई ले संसदमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसद राईले बाँदरका कारण सर्वसाधारणले दुःख पाएको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि कडा कदम चाल्नुपर्ने धारणा राखेका थिए। उनले सरकारको नीति तथा कार्यक्रममाथि प्रश्न उठाउँदै “बाँदरलाई सलामी देऊ” भन्ने अभिव्यक्ति दिएका थिए।

उनले भनेका थिए,
“आज पनि धेरै माननीयज्यूहरूले कुराहरू उठाउनुभयो । बाँदर, बदेलहरूले आज पनि जनतालाई दुःख दिइरहेका छन् । यसको नीति कार्यक्रम हामीले कस्तो बनाउँदैछौं ? राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएर नबस्नुस्, बाँदरलाई सलामी देऊ । यदि होइन भने हामीलाई दुःख दिइरहेको छ ।”

सांसद तामाङले उक्त अभिव्यक्ति आपत्तिजनक भएको बताउँदै संसदको रेकर्डबाट हटाउन माग गरिन्।

उनले भनिन्,
“उहाँले बाँदरलाई मार्न पाउनुपर्छ भनेर जुन अभिव्यक्ति दिनुभएको छ, त्यो फिर्ता होइन, पूरै काटेर फालिनुपर्छ । ‘सलामी दिनुपर्ने’ भन्ने शब्द पनि आपत्तिजनक छ ।”

Exit mobile version