JanaKura

आज संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन

काठमाडौँ, २८ वैशाखः । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

राष्ट्रपति रामचन्द्र पौडेल ले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

संविधानको धारा ९५ अनुसार राष्ट्रपति पौडेलले अपराह्न ४ बजे संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

संसद् सचिवालयले नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा सहभागी हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई दिउँसो ३ः४५ बजे अगावै उपस्थित हुन आग्रह गरेको छ।

यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक भने दिउँसो २ बजेदेखि सुरु हुने कार्यसूची रहेको छ।

Exit mobile version