JanaKura

नेपाल स्काउट बागमती प्रदेश हेटौडाद्वारा आयोजना गरेको प्रथम गिलविल एडभान्स रियुनियन कार्यक्रम सम्पन्न

 

नविना श्रेष्ठ
वैशाख २०८३ ,२८

नेपाल स्काउट बागमती प्रदेश हेटौडाद्वारा आयोजना गरिएको प्रथम गिलविल एडभान्स रियुनियन कार्यक्रम टोखा नगरपालिका वडा नं २ भिल्ली भाजु नस: सभा हलमा कार्यक्रम सम्पन्न भएको छ। टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी उपप्रमुख मुरारी तामाङ सक्रिय समाजसेवी हेराकाजी महर्जन डंगोल आज नशाहरूको व्यवस्थापन गरिदिने केश श्रेष्ठ उपस्थित रहेको थियो

निकै लामो समयपछि यो कार्यक्रम हुन सफल भएको स्काउटका वरिष्ठ स्काउटर लिडरहरूले बताएको छ। नेपाल स्काउट बागमती प्रदेशका प्रमुख आयुक्त शिवकुमार त्वायनाको सभाध्यक्षमा कार्यक्रम अगाडि बढेको थियो। प्रमुख अतिथि बागमती प्रदेश प्रमुख स्काउट युवा तथा खेलकुद मन्त्री उर्मिला केसी नेपाल रहेको थियो।

भने नेपाल स्काउटका पूर्व प्रमुख आयुक्तहरु महेन्द्रराज रन्जित, लोकबहादुर भण्डारी, नेपाल स्काउट राष्ट्रिय सह-प्रमुख पुष्पलता भट्टराई, वरिष्ठ स्काउटर एवं नेपालको पहिलो महिला 4(Beads) दिल शोभा तुलाधर, पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्मचारी पूर्व राष्ट्रिय तालिम आयुक्त भक्तराज भण्डारी राष्ट्रिय परिषद् सदस्य राष्ट्रिय प्रशिक्षक टोखा नगरपालिका स्थानीय प्रमुख आयुक्त नवीन श्रेष्ठ काठमाडौँ महानगरपालिका स्थानीय प्रमुख रन्जनलाल श्रेष्ठ ललितपुर महानगरपालिका स्थानीय प्रमुख आयुक्त पवन कोइराला तारकेश्वर नगरपालिका स्थानीय प्रमुख आयुक्त पूर्णप्रसाद तिमल्सिना श्रीविनायक नगरपालिका स्थानीय प्रमुख आयुक्त कुष्मा थोकर भक्तपुर नगरपालिका स्थानीय प्रमुख आयुक्त बालकृष्ण वनमाला मेलम्ची नगरपालिका स्थानीय प्रमुख आयुक्त सुनिल कुमार भण्डारी सुनापाती गाउँपालिका स्थानीय प्रमुख आयुक्त राजकुमार मैनाली सहायक राष्ट्रिय प्रशिक्षक उडव्यास तथा एडभान्स स्काउट लिडर पत्रकार र समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा काठमाडौँ ललितपुर भक्तपुर काभ्रेपलाञ्चोक सिन्धुपलाञ्चोक दोलखा, रामेछाप मकवानपुर चितवन रसुवा नुवाकोट धादिङ यी जिल्लाहरूबाट स्काउटर लिडरहरूको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गिलविल रियुनियन कार्यक्रम विदेशीमा एक पार्कको नामसँग जोडिएको रहेछ त्यसकारणले अब टोखा नगरपालिकामा पनि यति राम्रो नामसँग जोडिएर गिलुल पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री उर्मिला केसी नेपालले स्काउट अनुशासित इमान्दार सहयोगी र सदैव सेवाको लागि तयार अवस्थामा रहने एक युग संस्था हो यो नेपालमा मात्र होइन अन्तर्राष्ट्रियसँग जोडिएको महान संस्थालाई अझै अनुशासित ढंगले इमान्दारितापूर्वक अगाडि बढाउन र हातेमालो गर्दै यो संस्थालाई उच्च स्थानमा पुर्याउनु सबैको कर्तव्य रहेको बताएका छन्। नेपाल स्काउटसँग बागमती प्रदेश सरकार सधैं साथमा रहने र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

एउटा स्काउटले कुनै पनि पुरस्कारको आशा नराखी सहयोग गर्छ-लर्ड बेडन पावेल भनाई सँगै साँचो स्काउट कठिन परिस्थितिमा पनि मुस्कुराउन सकिन्छ- राम बदन जोशी यी भनाइहरू प्रस्तुत गर्दै कार्यक्रम अगाडि बढेको थियो।

कार्यक्रममा राष्ट्रिय प्रशिक्षक सहायक राष्ट्रिय प्रशिक्षक उडब्याज एडभान्स लिडरहरूको बाक्लो उपस्थिति भएको थियो भने सहभागी र कार्यक्रममा उपस्थिति सङ्ख्या १५० जना रहेको थियो।

बागमती प्रदेश द्वारा आयोजना प्रथम उटब्याज /एडभान्स रियुनियन कार्यक्रमका संयोजक डाक्टर प्रणवमान कर्मचारी र धर्मभक्त मल्ल नविना श्रेष्ठको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालिका नविना श्रेष्ठले गरेको थियो।

Exit mobile version